दफा ३
प्रमाणपत्र र रोजनामचा
(१) प्रत्येक नेपाली पानी जहाजले यो ऐन बमोजिमका प्रमाणपत्र र
रोजनामचाहरु राख्नु पर्छ ।
(२) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरुले सो पानी जहाजको परिचय, समुद्रयात्रा गर्ने
क्षमता र समुद्रयात्रा गर्ने पानी जहाजमा हुनुपर्ने अरु आवश्यकता पूरा भएको प्रमाणित गर्नेछन्।
(३) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरुको भाषा नेपाली हुनेछ ।
तर नेपाली भाषाको साथै दोश्रो भाषाको रुपमा अंग्रेजी भाषा पनि प्रयोग गर्न सकिनेछ ।
(४) त्यस्तो प्रमाणपत्र र रोजनामचाहरु संधै सो पानी जहाजमा नै राखिनु पर्छ र अधिकार
प्राप्त कुनै पानी जहाज कार्यालयको अधिकृत वा नेपाली कूटनैतिक वा वाणिज्य
प्रतिनिधिबाट चाहिएको बखत पेश गर्नु पर्छ ।